बैशाख २८, २०८१, शुक्रबार
               

विप्लव समूहका ५ कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

रुकुमपश्चिमबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइलीलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

आइतबार दिउँसो विशेष सुराकीकाे आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएकाे छ  । 


पक्राउ परेका बोहरा विप्लव निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुन् । उनीहरुलाई गत माघ १० गते त्रिवेणी गाउँपालिका–६, बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा पक्राउ गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि