बैशाख २९, २०८१, शनिबार
               

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक बस्दै

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले सोमबारका लागि सो बैठक बोलाएको हो । एक केन्द्रीय कमिटी सदस्यका अनुसार बैठकमा समसायिक विषयमा छलफल हुनेछ । 

यसअघि केन्द्रीय कमिटीको बैठक पुस ७–९ मा बसेको थियो । त्यसैगरी, यसअघि यसअघि बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो । 

पुस ५ मा संसद् विघटनसँगै विरोध प्रदर्शन गर्दै आएको सो पक्षीय नेकपाले बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरेको छ । यसका अलवा सो पक्षीय नेकपाले माघ २८ मा राजधानी उपत्यकामा जनप्रदर्शनको तयारी गरेको छ ।

यो पनि