बैशाख २८, २०८१, शुक्रबार
               

संसद विघटनविरुद्ध मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

संसद् विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदनकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक पक्षका १३ जनासहित अन्य वकिलको बहस सकिएको हो ।

विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। आज १२ जना अधिवक्ताले बहस गरेसँगै निवेदक तर्फको बहस सकिएको हो । संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । भोलिदेखि सरकारी पक्षका वकिलहरूले बहस गर्नेछन् ।

आज अधिवक्ताहरू गोपालदत्त पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल, खडानन्द कँडेल, लोकेन्द्र बहादुर ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, केशरजंग केसी, कलमबहादुर खत्री, यदुनाथ खनाल, मनिराम उपाध्याय र तुलसी सिम्खडाले बहस गरेका थिए । शिम्खडा १३ औं निवेदक हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि