जेठ ०६, २०८१, आइतबार
               

माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल पनि सहभागी (तस्बिरसहित)

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी नेकपा (प्रचण्ड-माधव समूहका) सांसदहरुको धर्नामा अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । 

धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

धर्मका कुरा गरेर राजनीतिक कुचेष्टा

यसैबीच, नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको कुरा गरेर राजनीतिक कुचेष्टा गर्न खोजेको आरोप लगाएका छन् ।

माइतीघरमा  आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

'केपी ओलीले हिजो चितवन पुगेर राममन्दिर बनाउने बनाउने घोषणा गरेका छन् । यता अस्ति पशुपति गएर बत्ती बालेर भाकल गरिरहेका छन्', उनले भने, 'ओली हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन् ।'

यो पनि