जेठ ०६, २०८१, आइतबार
               

आज पनि दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज पनि दुई अध्यक्षसहित माइतीघर मण्डलामा धर्नामा बस्न लागेको हो ।

प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौंमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ ।

चार दिनदेखि केही नेताहरू धर्नामा रहे पनि कार्यकर्ताको ध्यान केन्द्रित गर्न दुई अध्यक्ष दाहाल र नेपाल आज धर्नामा सहभागी हुने नेता विष्णु रिजालले जानकारी दिए ।

धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् ।

प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि