बैशाख १७, २०८१, सोमबार
               

वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द : महन्थ ठाकुर

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् ।

राष्ट्रिय इञ्जिनीयर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका हुन् । 

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको संकटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले संकट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उनी ठूलो राष्ट्रद्रोही ठान्ने बताए ।

उनले संघीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको नसकेको बताए । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसकेको आरोप लगाए । संघका अध्यक्ष भगवान् झाको अध्यक्षतामा भएको सो समारोहमा जनता समाजवादी पार्टीका नेताहरू शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायतले संकटको समाधानमा सबैको पहल आवश्यक रहेको धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि