जेठ ०६, २०८१, आइतबार
               

चितवनको माडीलाई मणि बनाउछु : ओली

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति तीव्र रुपले अघि बढेपछि प्रचण्ड-नेपाल समूह छट्पटछिएको आरोप लगाएका छन्।

अर्को नेकपाका अध्यक्ष दाहालको गृहजिल्ला चितवन पुगेका उनले शनिबार सो कुरा बताएका हुन् । ‘हामी सभा हल शिलन्यास गरिरहेका छौँ। बाटो चौडा बनाउन शिलन्यास गरिरहेका छौं। उहाँहरु छटपटिरहनुभएको छ,' ओलीले भने । 

संबोधनका क्रममा रामको इतिहास जोड्दै चितवनबाट चुनाव जितेका संसद्ले किन राम चितवनको अयोध्यापुरीमा जन्मेका हुन भनी बोल्न नसकेको भनी प्रश्न गरे ।   

यही चुनाव जितेका सांसदले राम आयोध्यापुरीमा राम जन्मेको भन्न किन नसकेको भनी जिज्ञासा राखे । ‘मास्टर प्लान तयार हुँदै छ। रामकोमन्दिर तयार भइसक्यो। सीताको बन्दैछ। लक्ष्मण र हनुमानको पनि बन्दैछ,’ अयोध्यापुरी विश्वका हिन्दूको केन्द्र रहने बताउँदै उनले भने, ‘यसैपल्ट भ्याइँदैन अर्को राम जन्मष्ठमीमा प्राण प्रतिष्ठा गर्छौं।’ त्यस्तै, उनले संस्कर्तिविद, पुरातत्वविध र पर्यटककको गन्तव्य स्थलका रुपमा अयोध्यापुरी बन्ने बताए । 

‘यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो। बृहत चितवन भ्याली तयार हुनेछ - दाउन्नेदेखि लिएर मकवानपुरको मनहरीभन्दा उतासम्म चार हजार सात सय ८८ वर्गकिलोमिटर भूमिको भ्याली हुनेछ,’ ओलीले भने।

निकुञ्जदेखि कृषिसम्म सबै समेटेर विकास गर्ने उनले बताए। ‘माडीलाई मणि बनाउँछु,’ उनले भने । 

यो पनि