जेठ ०८, २०८१, मंगलबार
               

केपी अस्ताउँदाे सूर्य हुन् भने हामी उदाउँदो सूर्य : माधव नेपाल

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएकोले त्यहाँ अँध्यारोबाहेक केही नभएकाे बताएका छन् । 

शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ४४० को बहुमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुने बताउदै सबै सदस्यलाई बोलाएर निर्वाचन आयोगले सोध्नुपर्ने बताएका हुन् -‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग १०० जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट?’, उनले भने, ‘केपी ओलीको पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ।’

उनले भने-'केपी ओली युगको अन्त्य हुँदैछ । उनी अस्ताउँदा सूर्य हुन् । हामी उदाउँदो सूर्य हौं । नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ । केपी ओली ओरिजिनल एमाले हो कि माधव नेपाल र झलनाथ खनाल ? पार्टीमा सधैं समस्यामात्र खडा गर्ने कसरी ओरिजिनल ?'

जनतासँग जोडिएका सरोकारका विषय उठाउँदा ओली कहिल्यै सुन्न तयार नभएको आरोप पनि नेता नेपालले लगाए । 'हामीले प्रश्न उठाउँथ्यौं, ओली सुन्न तयार हुँदैनन् । भ्रष्टाचार भयो भनेर प्रश्न उठायौं, सुन्न चाहेनन् । कोरोनाले समस्या भयो भन्यौं, सुन्न चाहेनन्,' नेता नेपालले भने । लकडाउनमा सुदूरपश्चिममा अलपत्र परेका नेपाललीलाई मुलुक भित्रन नदिएको प्रसंग उठाउँदै नेता नेपालले ओलीको कडा आलोचना गरे ।

'हामीले कोरोनाको विषयमा कुरा गरौं, जनताको विषयमा कुरा गरौं भन्दा बैठक बस्न चाहेनन्,' नेपालले भने, 'त्यसमा असहमति जनायौं, सुन्न चाहेनन् । अनि भन्दै हिँडे - काम गर्न दिँदैनन् । संसदमा कुरा उठाउन खोज्दा संसद नै भंग गरिदिए ।' 


कस्तो लाग्यो ?

यो पनि