बैशाख १६, २०८१, आइतबार
               

बादलको प्रचण्डलाई आग्रह : ओली नेतृत्व नेकपामा फर्किनुस्

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीमा फुट पैदा आरोप लगाएका छन् । 

दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै बादलले  दाहाल- माधवलाई सो आरोप लगाएका हुन् । 

नेता थापाले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने बताउँदै अध्यक्ष प्रचण्डलाई ओलीले नेतृत्व गरेको नेकपामा फर्किन आग्रह गरे ।

सो क्रममा उनले  जनता एकता चाहने बताउँदै उनले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । ‘आउनुस्, निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्, तपाईंहरूलाई मतपत्र च्यात्न जरुरी पर्ने छैन,’ बादलले भने।

प्रचण्डले पार्टीमा फुट पैदा गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसबाट पछाडी फर्किन आग्रह गरे । गृहमन्त्री थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्।’ बादल पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री भएका हुन् ।

नेकपा दुई धारमा विभाजन हुँदै गर्दा बादल  कता  भनी प्रश्न उठिरहँदा अध्यक्ष दाहाल बादल आफ्नै पक्षमा आउने बताएका थिए । तर,  बादल ओली खेमामा उभिए ।पछिल्लो समय उनी ओली पक्षको बचाउ गर्दै हिँडेका छन् । जसलाई अध्यक्ष प्रचण्डले खरानी पनि किन नचिनिने गरी घसेको भनी व्यंग्य गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि