जेठ ०६, २०८१, आइतबार
               

प्रचण्डको निर्वाचन जिल्लामा प्रधानमन्त्रीको सम्बोधन र विभिन्न आयोजनाको उद्घाटन

नेपाल फ्ल्यास
माघ १७, २०७७

फाइल फोटो
ADVERTISEMENT

चितवन । नेकपा विभाजनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) चितवन आउँदैछन् ।

चितवन पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको जिल्ला हाे ।

प्रधानमन्त्री ओलीले चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै ओलीले विभिन्न आयोजनाहरुको उद्घाटन समेत गर्नेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन आउन लागेका हुन् ।

शनिवार दिउँसो १ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा सहभागी हुन जिल्लाका गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ता आउने नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

सभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्नुका साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि