जेठ ०५, २०८१, शनिबार
               

केपी ओली बेइमान र धूर्त रहेछन् : दाहाल

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताएका छन् । शुक्रबार प्रदेश १ को मोरङमा आयोजित विरोधसभालाई  संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘ओली देश अध्याँरो सुरुङभित्र हाल्न मात्रै नभई देश विघटन गर्ने योजनामा छन् ।’

नेपाली जनताको हितका लागि उनले आफैँले बनाएको प्रधानमन्त्रीविरुद्ध आन्दोलनमा उत्रिएको बताए । ‘दुई पार्टी एकता गरेर आफूहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागे पनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद् विघटन गर्नतिर लागे,’उनले भने ।

त्यस्तै, उनले नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको बताए । ‘ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न आग्रह गर्दछु,’उनले भने, ‘जरुरी परे संसदको बैठक बसेर केपी ओलीजस्ता अपराधीलाई कारबाही गर्न सकिन्छ ।’

केपीका मान्छे सेटिङ भन्दै हिँडेको बताउँदै उनले सेटिङलाई जनताले भत्काइदिने बताए । दाहालले भने, अदालतलाई सम्मान गर्छौँ, तर सबैभन्दा ठूलो अदालत जनता हुन् ।’ 

अब आफूले गुमाउनु केही नरहेको बताउँदै उनले आफ्नो बाँकी जीवन नेपाली जनता, नेपाली युवा सम्मृद्धि, रोजगारी र सम्मानका लागि भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि