बैशाख २२, २०८१, शनिबार
               

फैसला संसद् पुनर्स्थापनाको पक्षमा हुनेमा विश्वस्त छु: कोइराला

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संसद् पुनर्स्थापनाको पक्षमा फैसला हुने बताएका छन् । 

शहीद दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पूर्वीनवलपरासीले शुक्रबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

केपी ओलीले संविधानविपरीत संसद् विघटन गरेको बताउँदै सर्वोच्चले संविधानअनुसार संसद् पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए । 

‘हिजो बिपीले पनि अदालतको विश्वास गर्नुभएको हो, आज हामी पनि सर्वोच्चलाई विश्वास गरौँ फैसला संविधानअनुसार नै आउछ,’ उनले भने, ‘सर्वोच्चले संविधानअनुसार संसद् पुनर्स्थापना गरेर लोकतन्त्रको पक्षमा फैसला गर्नेछ।’

यो पनि