जेठ ०८, २०८१, मंगलबार
               

कम्युनिस्ट आन्दोलनमा जन्मिएको त्यो मन्छे भष्मासुर रहेछ : खनाल

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती भएको बताउँदै भष्मासुरसँग तुलना गरेका छन् । 

शुक्रबार मोरङको विराटनगरमा आयोजित बृहत् विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओलीजस्तो मान्छे कम्युनिस्ट आन्दोलनमा जन्मिएको बताउँदै भष्मासुरसँगग तुलना गरेका हुन् । 

‘हामी फेरि एकपटक सडकमा आएका छौ । किनभने प्रधानमन्त्री केपी ओलीजस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिस्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर त्यो मान्छे भष्मासुर रहेछ...’ वरिष्ठ नेता खनालले भने । 

पुस ५ मा संसद् विघटनसँगै दुई धारमा देखिएको नेकपाका नेता खनालले सो कुरा बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि