जेठ ०८, २०८१, मंगलबार
               

योगेश भट्टराई भन्छन्: ओलीका कारण मुलुक गृहयुद्धतिर धकेलिन लाग्यो

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार प्रदेश-१ को राजधानी विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन कदमका कारण मुलुक गृहयुद्धतिर धकेलिन लागेको छ,’उनले भने, ‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ ।’

नेपालले गृहयुद्ध वा द्वन्द्व नसहने बताउँदै उनले उनले शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए ।

संसद् विघटनलाई असंवैधानिक कदम भन्दै दाहाल- नेपाल पक्षीय नेकपाले देशभर प्रदर्शन गर्दै आएको छ । सोही क्रममा सो पक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि