जेठ ०८, २०८१, मंगलबार
               

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठ भन्छन्: निर्वाचनलाई कसैले रोक्न सक्दैन

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।शुक्रबार काठमाडौं  महानगरपालिका–१४ मा खानेपानी परियोजना शिलान्यास गर्ने क्रममा सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागेको बताउँदै उनले सो कुरा बताएका हुन् । 

‘सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसके, मुलुक चुनावमय  भइसकेको छ।’ सो क्रममा अधिकांश योजना सरकारले पूरा गरिसकेको बताउँदै उनले दर्जनौँ गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताए । 

‘तपाईहरु हेर्नुस्, रानीपोखरी बन्यो, धरहरा बन्दै छ, देशका दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ, ठाउँ–ठाउँमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस् त यो काम कसले गर्‍यो ? सबै यही सरकारको प्रगति हो ।’ 

मुलुकलाई विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य भएकाले आगामी वर्ष वैशाख १७ र २७ का लागि निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ । 

‘मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो,’ उनले भने, ‘करिब साढे दुई वर्षको अवधिमा आफूले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगालगायत सबै क्षेत्रमा विकासका दर्जनौँ योजनाका काम भइरहेका छन् ।’


कस्तो लाग्यो ?

यो पनि