जेठ ०७, २०८१, सोमबार
               

निर्वाचनमा जुट्न आयोगलाई ओलीपक्षीय नेकपाको आग्रह

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगलाई निर्वाचनमा जुट्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले केही दिनअघि पत्र काटी दुवैलाई उपस्थितका लागि गरेको आग्रहअनुरुप आयोग पुगेको केपी शर्मा ओली नेतृत्व नेकपाले सो आग्रह गरेको हो । 

केही दिनअघ निर्वाचन आयोगले दुवै नेकपालाई पत्र काटी आयोगमा उपस्थिति हुन भनेको थियो ।सोहीअनुरुप केपी शर्मा ओली पक्षीय शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।  निर्वाच आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाए पनि दाहाल-नेपाल पक्ष भने अनुपस्थिति भएका थिएनन् । 

सोही क्रममा नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको बताएका छन् । सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसघा विघटनलाई लिएर रिट निवेदनहरु परेका निवेदनको सुनुवाइ भइरहेको बताउँदै नेता नेम्वाङले  भने, ‘तर यही क्रममा सर्वोच्च अदालतले स्टे अर्डर नगर्ने आदेश छ । यो परिप्रेक्ष्यमा हामी सबैको र निर्वाचन आयोगको बुझाइ निर्वाचनको तयारीमा अगाडि बढ्नु पर्छ भन्ने हो । सर्वोच्च अदालतले सुनुवाइका क्रममा अर्कै आदेश गरे फरक कुरा हो । हैन भने यो सन्दर्भमा निर्वाचन आयोगलगायत सबै निर्वाचनमा लाग्नु बाहेक उपाय छैन । हामीले यही कुरा राख्यौं । दल दर्तासम्बन्धी प्रक्रिया अगाडि बढाउनुस्, निर्वाचनको सबै कार्यमा तदारुकताका साथ अगाडि बढ्नुस भन्ने सुझाव दियौँ ।’

त्यस्तै, उनले आधिकारिकताको विषयमा निर्वाचन आयोगले निर्णय गरिसकेको बताए । 


कस्तो लाग्यो ?

यो पनि