बैशाख २१, २०८१, शुक्रबार
               

पार्टीका केही नेता स्वार्थमा लिप्त छन् : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् ।

उनले बिहीबारसुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य  पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थमा लिप्त भएको आरोप लगाए । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुशियत, पार्टी नेत्री भगवती चौधरीलगायतले सम्बोधन गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि