जेठ ०५, २०८१, शनिबार
               

आफैँले प्रस्ताव गरेको अध्यक्ष निरंकुशको एजेन्ट: दाहाल

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टी एकता, आर्थिक समृद्धिका लागि आधा-आधा समय प्रधानमन्त्री हुने सहमति आफूले छाडेको तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलाएको बताएका छन् ।

संसद् विघटनको विरोधमा बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । संबोधनका क्रममा उनले ओलीमा श्री ३ बन्ने चाहनाविरुद्ध आफूहरु आन्दोलित हुनुपरेको पनि बताएका छन् । जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनको भनाइ छ । 

त्यसैगरी, उनले आफैँले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको बताए । ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’ उनले भने, ‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।’ 

संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै उनले सबैभन्दा ठूलो जनअदालत भएको बताए । ‘छिट्टै नयाँ सरकार लिएर तपाईंहरुसमक्ष आउनेछौँ,’उनले भने, ‘बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।’

संसद् विघटनसँगै कार्यकारी अध्यक्षसहित नेता नेपाल सोको विरोधमा सडकमा उत्रिएका छन् । सो क्रममा उनीहरु देश दौडाहमा छन् । सोही क्रममा उनीहरु बुटवल पुगेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि