बैशाख १७, २०८१, सोमबार
               

युद्धकालमा प्रचण्ड दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेका हुन् : ओली

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै दिनमा चुनाव हुने बताएका छन् ।

बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलालाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालमा आफू दिल्ली बसेर कार्यकर्ता जंगलमा राखेको बताए । 

‘उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालले पूर्वमाओवादी लडाकूको विषयलाई लिएर एकअर्कालाई कटाक्ष गर्दै आएका छन् । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई साथ दिने खामहरु कहाँ छन् भनी प्रश्न गरेका थिए ।सोको जवाफमा  अध्यक्ष प्रचण्डले यतिखेर ओलीलाई लडाकुबारे चासो हुनुको कारण के होला भनी जिज्ञासा राखेका थिए । 

संबोधनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई आफूले पटक-पटक जिताउँदै आएको बताए ।यसका अलवा ओलीले प्रचण्ड स्वच्छ निर्वाचनबाट नभई जालझेल गरेर निर्वाचन जित्दै आएको बताए । ‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,' ओलीले भने, '०७० सालमा त बत्ती निभाएर, बाकस साटेर। त्यसअघि कीर्तिपुर हारेको। रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो? जंगल जाने होइन।’


कस्तो लाग्यो ?

यो पनि