बैशाख १७, २०८१, सोमबार
               

नीति, कार्यक्रम र बजेट संसद‍्बाट पारित भइरहँदा प्रधानमन्त्रीले असहयोग भन्नु गलत : भट्टराई

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ति स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरेका छन् । 

पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । यो एकता अनेक प्रयत्नबाट सम्भव भएको उनले बताए । 

संसद‍्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे ।


कस्तो लाग्यो ?

यो पनि