बैशाख २३, २०८१, आइतबार
               

प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाडिन्छ : नेता भुसाल

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छोड्ने बताएका छन् । पुस ५ मा संसद विघटनसँगै दाहाल-माधव धार नेकपाका सदस्य रहेका उनले बिहीबार बुटवलमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै सो कुरा बताएका हुन् ।

‘ओलीजीले संसद र पार्टीलाई साथमा लिएर आफ्ना कार्य पूरा गर्नुपर्ने थियो । यो पार्टी दलाल पूँजीपतिहरुको पार्टी हुनेछैन् । ओली धेरै तर्कले हारिसक्नुभएको छ । उहाँको कुरा कसैले पत्याउँदैन । ओलीको यो कदमलाई घुँडा टेकाउँछौं,’ उनले भने, ‘हामीले चुनेको प्रधानमन्त्रीले समस्या खडा गर्दैछन् । राणा र राजाले होइन । ओलीको बाटो संविधानको हत्या, अस्थिर, जनता र मुलुकको सत्यानाश हो ।’

केपी ओलीकै मन्त्रिमण्डलमा रहेका भुसाल संसद् विघटनसँगै राजीनामा दिई प्रधानमन्त्रीविरुद्ध आन्दोलनरत छन् । चुनेको प्रधानमन्त्रीले नै देशमा समस्या सिर्जना गरेको बताउँदै भुसालले प्रधानमन्त्री ओलीले झुटको खेती गरिरहेको बताउँदै ओली राणा र राजाको प्रेतको रुपमा आएको बताए । 

‘संविधानको रक्षा, शान्ति स्थीतरतातर्फ जाने वा अरु सबै भत्काएर ओलीको बाटोमा जाने ? यी सबैलाई चिर्न हामी आएका छौँ,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि