जेठ ०८, २०८१, मंगलबार
               

नेतृत्वको जंगली महत्वाकांक्षा र कुण्ठाका कारण नेकपा संकटमा परेको हो : रिजाल

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले काम गर्न नपाएको बताएका छन् । 

बिहीबार काठमाडौंमा ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारले गरेको राम्रो कामको प्रचार नगरेको बताउँदै उनले शीर्ष नेतृत्व पंक्तिको जंगली महत्वाकांक्षा र कुण्ठाका कारण नेकपा संकटमा परेको बताए ।

माधव नेपालले विधि, पद्धतिको कुरा उठाए पनि पार्टीबाहिर गुटबन्दी गर्दै हिँडेको बताउँदै उनले भने, ‘विधि पद्धतिका कुरा उठाउने साथीहरू बिहानै खुमलटार पुग्नुहुन्थ्यो । सरकारको काममा कसरी भाँजो हाल्ने भन्ने मात्रै छलफल गर्नुहुन्थ्यो । त्यो त विधि होइन होला नि ।’ अध्यक्ष प्रचण्डमा विधि–पद्धतिबद्धाता नभएको बताउँदै उनले प्रचण्ड–नेपालको स्वाभाव भ्रष्मासुर प्रवृत्तिसँग मेल खाने भएको बताए । ‘कमरेड प्रचण्डले जुन पार्टी बनाउनुभएको छ, त्यो भत्काउँदै आउनुभएको छ,’रिजालले भने । 


कस्तो लाग्यो ?

यो पनि