जेठ ०८, २०८१, मंगलबार
               

प्रचण्ड-नेपाल समूहको तस्रो शक्ति प्रर्दशनको तयारी, काठमाडौंमा २ लाख कार्यकर्ता उतार्ने

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षको बैठक पेरिसडाँडामा बसिरहेको छ । माघ २८ गते काठमाडौँमा हुने शक्ति प्रदर्शनलाई व्यवस्थित, प्रभावकारी र विशाल बनाउन बैठकमा छलफल भइरहेको नेताहरुले बताए ।

पेरिसडाँडामा जारी नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागि छन् । यसअघि माघ ९ गते काठमाडौँमा विशाल शक्ति प्रदर्शन गरेको दाहाल नेपाल पक्षले त्यसको दुई हप्तामै फेरि काठमाडौंमै शक्ति प्रदर्शन गर्न लागेको हो ।

शक्ति प्रदर्शनमा कम्तीमा दुई लाख मानिस उतार्ने तयारी छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संघर्षका कार्यक्रम गरिरहेको दाहाल नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि