जेठ ०६, २०८१, आइतबार
               

कर्णाली प्रदेशमा पहिलो दिन सात सय ५४ जनालाई खोप लगाइयो

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न अस्पतालका विभिन्न १२ अस्पतालबाट पहिलो दिन सात सय ५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

खोप लगाउनेमा सुर्खेतबाट दुई सय २५ जना, मेहलकुना अस्पतालबाट ८७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाबाट १ सय २३ जना, चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमबाट ३१ जना, रुकुम पश्चिम जिल्ला अस्पतालबाट ३० जना, मुगु अस्पतालबाट ४० जना, कालीकोट अस्पतालबाट ७९ जना, हुम्ला अस्पतालबाट २९, डोल्पा अस्पतालबाट २०, जाजरकोट अस्पतालबाट ४० जना, सल्यान अस्पतालबाट ३० जना र दैलेख अस्पतालबाट २० जना छन् । बुधबारबाट लगाउन सुरु गरिएको खोप अझै ७ देखि १० दिनसम्म लगाइने बताइएको छ । 

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइनेछ।


कस्तो लाग्यो ?

यो पनि