जेठ ०८, २०८१, मंगलबार
               

आगामी चुनावमा दाहाल-माधव पक्षको १० सिट पनि आउँदैन : ओली

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने बताएका छन् । 

आफूनिकट आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘प्रचण्ड- माधवले १० सिट पनि ल्याउँदैनन्,’उनले भने । 

त्यसैगरी, प्रचण्ड-माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भीरको बाटो हिँडेको बताउँदै जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने बताए । वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड-माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने टिप्पण गरे ।

आधिकारिक नेकपा आफूहरु नै भएको बताउँदै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एक ढिक्का बनाई अघि बढाउने बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई आफ्नो खुट्टा तानेको आरोप उनले लगाए ।


कस्तो लाग्यो ?

यो पनि