जेठ ०६, २०८१, आइतबार
               

पूर्वप्रधान्यायाधीशविरुद्धको मुद्दामा बिहीबार सर्वोच्चमा पेसी

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दामा बिहीबार पेशी तोकिएको  छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका अनुसार मुद्दाको पेसी बिहीबार (भोलि)का लागि तोकिएको छ ।

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता धनजीत बस्नेतले अवहेलना मुद्दा दर्ता गरेका थिए । 

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजाय तोक्न रिट निवेदकले माग गरेका छन् । 

पूर्वप्रधान्यायाधीशहरू रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले गएको पुस २४ गते प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए । 

अदालतको अवहेलना गरेको ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि