बैशाख २३, २०८१, आइतबार
               

एजेन्डा मिल्ने राजनीतिक दलसँग एकता हुन्छ : भीम आचार्य

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

विराटनगर । नेकपा (दाहाल-नेपाल समूह)का प्रदेश-१ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्‍वास प्रस्ताव पारितका लागि राजनीतिक एजेण्डा मिल्ने दलसँग सहकार्य हुने बताएका छन् ।

पुस ५ मा संसद् विघटनसँगै फरक परिस्थिति सिर्जना भइरहेका बेला नेकपा प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता आचार्यले सो कुरा बताएका हुन् । अविश्‍वासको प्रस्ताव पारित भएपछि कांग्रेसँग मुख्यमन्त्री लिने/दिने विषयमा छलफल भइरहेको बताउँदै कांग्रेसले अविश्‍वासको प्रस्तावको पक्षमा मत दिने उनले दाबी गरे । 

‘राजनीतिक एजेण्डा मिलेका र संसद्‍मा भएका दलसँग मिलेर अविश्‍वासको प्रस्ताव पारित गर्नेछौँ ।‘पहिला अविश्‍वास प्रस्ताव पारित गराउनेछौँ । त्यसपछि सत्ता साझेदारीबारे छलफल हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद् विघटन गरेसँगै नेकपा दुई धारमा विभाजित छ । सोको प्रभावस्वरुप केही प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । जसमा प्रदेश १ पनि पर्छ।


कस्तो लाग्यो ?

यो पनि