जेठ ०८, २०८१, मंगलबार
               

ओलीलाई प्रचण्डतिर र प्रचण्डलाई ओलीतिर फर्काइदिने तागत मसँग छ : वामदेव गौतम
ओलीले राजीनामा दिएको भए...

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?’

संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे ।

मसँग तागत छ

यसैबीच, उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एकै ठाउँमा फर्काउने उद्घोष गरेका छन् । उपाध्यक्ष गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षद्वय ओली र प्रचण्डलाई एकैतिर फर्काइदिने बताएका हुन् ।

गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताउँदै उनले भने, ‘अहिले उहाँहरु दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ ।’  यस्तै पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले काँग्रेसलाई फाइदा हुने उनले बताए ।

अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मत मात्रै आएको उल्लेख गरे । उक्त निर्वाचनमा काँग्रेसले ३० लाख मत पाएको थियो । गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुन सक्छन् र ती मतदाता विभाजित हुँदा काँग्रेसको मत बढ्ने र नेकपा विभाजित हुँदा झन् घट्नेछ ।

गौतमले भने, ‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको काँग्रेस सरकारमा पुग्ने पक्का छ । तर, नेताहरू फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि