जेठ ०८, २०८१, मंगलबार
               

प्रचण्ड-नेपाल पक्षको अघोषित महासचिव पाण्डे, पूर्व माओवादी पक्ष असन्तुष्ट

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको काम सुरेन्द्र पाण्डेले गर्न थालेका छन् ।

पार्टी महासचिवको टुङ्गो लगाउन नसकेको सो समूहको आधिकारिक महासचिव पाण्डे नभए पनि भूमिका महासचिवको निर्वाह गर्दै आएका छन् । अध्यक्षमा प्रचण्ड र माधव नेपाल छन् ।

निर्वाचन आयोगले औपचारिक मान्यता नदिए पनि सो समूहले नेता नेपाललाई अध्यक्ष मान्दै आएको छ । साे समूहमा नारायणकाजी श्रेष्ठ प्रवक्ता छन् ।

प्रचण्ड–माधव पक्षले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेललाई हटाएको घोषणा गरेपछि महासचिव पद रिक्त  छ । तर महासचिवको विषय भने एक महिना बित्दा समेत टुङ्गो लागेको छैन ।

औपचारिक रुपमा महासचिव नतोकिए पनि नेता नेपाल पक्षका पाण्डेले प्रचण्ड–माधव पक्षको महासचिवले गर्नुपर्ने सङ्गठनका (सबैजसो) कामदेखि डकुमेन्टसनसम्मको कामसमेत गर्न थालेका छन् ।

प्रचण्ड–माधव पक्षको महासचिव पूर्वमाओवादी समूहकै हुनुपर्नेमा माओवादी पक्षको जोड  छ। शक्ति सन्तुलनका हिसाबले समेत महासचिव आफूहरू हुनुपर्ने लबिङ उनीहरूले गरिरहेका छन् । यसैले अहिलेको लागी औपचारिक रुपमा महासचिव घोषणा नगरे पनि महासचिवले गर्ने सबै जिम्मेवार  आघोषित  रुपमा तत्कालको लागि पाण्डेलाई दिइएको नेताहरु बताउँछन् ।

‘भित्री रुपमा महासचिवको भूमिकामा सुरेन्द्र पाण्डे नै हुनुहुन्छ । महासचिव पदमा आकाक्षि धेरै भएपछि सबैलाई चित्त बुझाउन नसकिने भएकाले अहिले भित्रभित्रै उहाँलाई नै जिम्मेवारी दिएर काम भइरहेको छ ’ नेता नेपाल निकट एक नेताले भने ।

पाण्डेले तत्कालीन एमालेमा लामो समय वरिष्ठ नेता झलनाथ खनालनिकट भई काम गरेका थिए । एमालेको नवौँ महाधिवेशनमा खनाल नेतृत्व तहमा सक्रिय नभएपछि पाण्डे माधवकुमार नेपालको समूहबाट महासचिव पदका उम्मेदवार बनेका थिए । तर महासचिव पदमा उनी ईश्वर पोखरेलसँग १३ मतको अन्तरले पराजित भएका थिए । 

प्रचण्ड नेपाल समूहमा पार्टी महासचिवमा धेरैले आकाङ्क्षा देखाएका छन् । तर त्यो विषयमा छलफल नै भएको छैन । साङ्गठनिक एकता टुङ्गो लगाउने बेलामा महासचिव पद पनि सचिवालय बैठकबाट टुङ्गिने सक्ने केही नेताहरूले बताएका छन् ।

तत्कालीन एमालेमा यसअघि नै उपाध्यक्ष भइसकेका भीम रावलले पनि महासचिवको दाबी गर्दै आएका छन् । यस्तै तत्कालीन एमालेका उपमहासचिव घनश्याम भूसालपनि आकाक्षि छन् । यस्तै माओ बादीतर्फबाट जनार्दन शर्मा, वर्षमान पुनलगायतले पनि महासचिवमा दाबी छाडेका छैनन् ।

अहिले तत्कालको लागि अघोषित रुपमा पूर्व एमाले पक्षबाट महासचिवको जिम्मेवारी पाएपछि पूर्व माओवादी पक्ष असन्तुष्ट देखिएका छन् । उनीहरूले आउँदो सचिवालय बैठकबाट यो विषय टुङ्ग्याउन माग गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि