जेठ ०८, २०८१, मंगलबार
               

‘राष्ट्रियताको लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन जरुरी छ’

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी सुरु गरिएको बताएका छन् ।

नेकपा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालको प्रदेशस्तरीय भेलालाई मंगलबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भू–भाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको बताए ।

नयाँ नक्साकै कारण आजको संकट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए । उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिन जरुरी रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे । अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले अहिलेको राजनीतिक संकट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।

उक्त भेलामा पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल–नेपाल पक्षका कारण संसद् विघटन गर्नुपर्ने स्थितिमा पुगेको बताए । गलत पात्रलाई नेतृत्वमा पुर्याउँदा सरकार र पार्टी संकटमा परेको उनको भनाइ थियो ।

दाहाल–नेपाल पक्षको पदीय स्वार्थले गर्दा समस्या उत्पन्न भएको भन्दै उनले अधिकारवादीका नाममा केही तत्व प्रधानमन्त्री तथा सरकारलाई बदनाम गराउन लागिपरेको उल्लेख गरे । 

बुटवलको राजमार्ग चौराहबाट विशाल र्याली निकालिएको थियो । उक्त र्याली उपमहानगरका विभिन्न स्थान हुँदै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा पुगेर भेलामा परिणत भएको थियो । 

यो पनि