जेठ ०७, २०८१, सोमबार
               

कांग्रेसद्वारा तीनदिने विरोध कार्यक्रम घोषणा

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप तीन दिने आन्दोलनको घोषणा गरेको छ ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको  प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रम गर्नेछ । 

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो  । प्रतिनिधि सभा विघटनको विषयमा फरक-फरक कार्यदिशा लिएर हिँडेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच  बैठकअघि छुट्टाछुट्टै छलफल भएको थियो ।

कांग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा विघटनको विपक्षमा उभिए पनि सभापति शेरबहादुर देउवा भने तटस्थ झै देखिन्थे ।जसका कारण  उनी आलोचित हुँदै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि