बैशाख २३, २०८१, आइतबार
               

उपाध्यक्ष गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्ने

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्ने भएका छन् । गौतमको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो ।

‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकताबद्ध गर्ने उद्देश्य राखिएको छ।’

वामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको पनि सो विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा प्रकाशित ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षकको समाचारप्रित ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ । 

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै दाहाल-नेपाल पक्ष फरक नेकपाको रुपमा अगाडि बढे पनि उनी तटस्थ रहँदै आएका छन् । संसद् विघटनपश्चात् दुई कित्तामा विभाजित नेकपा यतिखेर एकअर्कालाई खुइल्याउन तल्लीन छन् । 

यो पनि