जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, तीनदिने सडक आन्दोलन घोषणा गर्ने तयारी

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा तीनदिने सडक आन्दोलनको घोषणाको तयारी गरेको छ ।आन्दोलनका कार्यक्रम पारित गराउन यतिखेर सनेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । मंगलबार एक बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक नेताहरुबीच कुरा नमिल्दा चार बजेबाट मात्र सुरु भएको थियो । 

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले सो घोषणा गर्ने तयारी गरेको छ । कांग्रेस एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको विरुद्धमा माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलनको घोषणा हुँदैछ । 

संसद् विघटनको विरोधमा सत्तारढ दलकै एक धार सडकमा आन्दोलनरत भइरहँदा कांग्रेसको निर्णय के भनी प्रश्न उठिरहेका बेला कांग्रेसले सो विरोधका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यद्यपि कांग्रेसले यसअघि केन्द्रदेखि वडास्तरसम्म प्रदर्शन गर्दै आएको छ । तर, कांग्रेसका शीर्षस्थ नेता भने अझै अन्योलमै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रमसहित आन्दोलित हुनुपर्ने पक्षमा देखिए पनि  पार्टी सभापति देउवा भने अन्योलकै स्थितमा गुज्रिरहेका छन् । जसका कारण उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँठगाँठ गरेको आरोप खेप्दै आएका छन् । 

प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सरकार संचालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी प्रष्ट रुपमा विभाजित अवस्थामा पुगेको छ। प्राविधिक हिसाबले पार्टी एक भए दुई धारका नेताबीच चर्को आरोप प्रत्यारोप जारी छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सडक आन्दोलनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि