जेठ ०५, २०८१, शनिबार
               

नेकपालाई आयोगको पत्र : 'कि पार्टी फुटाऊ कि मिलेर जाऊ'

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा विभाजन नभएको निर्णय गरेको निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई पत्र काटेको छ । यसअघि आइतबार आयोगले नेकपा विभाजन नभएको निर्णय गरेको थियाे ।

आयोगले दुवै पक्षलाई आधिकारिकता नदिएपछि पुन: मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको छ । 

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलग-अलग भए पनि विधानत: यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ । 

दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो । 

आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आयोगले पठाएको पत्रमा अन्तरिम विधानको धारा १८ (घ) अनुसार महाधिवशेनसम्म पार्टीमा दुुईजना अध्यक्ष, २ जना वरिष्ठ नेता, १ जना महासचिव, १ जना प्रवक्ता र केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था बमोजिम फरक फरक मितिमा दुबै पक्षबाट गरिएको फरक फरक विवरण स्वीकार गर्न नसकेको स्पष्ट पारेको छ ।


कस्तो लाग्यो ?

यो पनि