बैशाख १४, २०८१, शुक्रबार
               

ओलीमाथि पौडेलको टिप्पणी : तानाशाह अन्तिम समयमा बर्बराउने गर्दछन्

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् ।

उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरे ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वरिष्ठ नेता पौडेलले 'प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने' बताए ।

उनले प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने प्रतिबद्धता समेत जनाएका छन् ।

साथै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफै अघिल्लो मोर्चामा हुने पनि बताए ।

यो पनि