जेठ ०८, २०८१, मंगलबार
               

दिउँसो १ बजे कांग्रेसको केन्द्रीय बैठक बस्दै

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय बैठक बस्ने भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफलका लागि पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको स्रोतले जनाएको छ । 

पार्टी कार्यालय सानेपामा सोमबार पनि दुबै पक्षका नेताहरुबीच छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए भने सभापति शेरबहादुर देउवा निकट नेताहरुले देउवासँगै सल्लाह गर्नुपर्ने बताएका थिए ।

पौडेल पक्ष र कृष्ण प्रसाद सिटौला पक्षले भ्रातृ संगठनहरुलाई पनि परिचालन गरेर थप आन्दोलनको कार्यक्रम तय गर्नुपर्नेमा सभापति देउवालाई दबाब दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि