जेठ ०७, २०८१, सोमबार
               

सभापति देउवा र अमेरिकी राजदूत बेरीको भेटवार्ता

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीको शिष्टाचार भेटवार्ता भएको छ ।

सभापति देउवासँग राजदूत र्यान्डी डब्ल्यु बेरीले देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल भएको  अमेरिकी दुतावासले जनाएको छ ।

त्यस क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि