जेठ ०८, २०८१, मंगलबार
               

सिङ फुक्लेको तिल्के फ्वाँफ्वाँ फूँफूँ मात्रै गर्छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् ।

तिल्केनामक गोरुको बैँस छँदाको अवस्था र बैँस ढल्किएपछिको अवस्थालाई चित्रण गर्दै ओलीले दाहाल-नेपाल पक्षको अवस्था बैँस ढल्केको तिल्को गोरुसँग तुलना गर्दै सो संज्ञा दिएका हुन् । 

प्रधानमन्त्री ओलीले केही दिनयता बखान गर्दै आएको तिल्केनामक गोरु विगतमा आफ्नै घरमा भएको बताउँदै आएका छन् । 

‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

संसद विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओली यसअघि कहिल्लै नसम्झने उनको घरमा भएको तिल्के बारम्बार सम्झिरहेका छन् ।प्रधानमन्त्री ओलीले यसअघि पनि तिल्के गोरुको बखान गरेका थिए । 

‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनहरु फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिँड्दै गर्छन्,’ ओलीले भने, ‘अशान्ति मच्याउने यिनसँग क्षमता पनि छैन । दम पनि छैन । यिनीहरुले केही पनि गर्न सक्दैन ।’


कस्तो लाग्यो ?

यो पनि