जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्र र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाका लागि चुनाव : अर्थमन्त्री

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

‘छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्छु,’ पौडेलले भने, ‘ निर्वाचनका लागि खर्च हुँदा स्वाभाविक रुपमा आर्थिक क्रियाकलाप बढी अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्छ । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाउँछ ।’

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई समृद्धि र विकासतर्फ लैजान सरकार उद्यत रहेको उनले बताए ।

जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाको निर्माणका लागि मध्यावधि चुनाव आह्वान गरेको उनले बताए । ‘अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधिसभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधिसभाको निर्माण अहिलेको माग हो,’उनले भने । 

यो पनि