जेठ ०६, २०८१, आइतबार
               

आज प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज मध्यान्ह १२ः३० बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुश्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । 

उक्त स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा रहेको छ ।

उक्त समूहले गत शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीको गलत कदम गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, आजको बैठकमा पनि शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि