जेठ ०६, २०८१, आइतबार
               

व्यवस्था सिद्धियाउने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको हो : विडारी

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने गरी नै प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप सो प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाएका हुन् । 

प्रतिनिधिसभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निष्क्रिय हुने बताउँदै उनले सत्तामा भएका मान्छेलाई मिलाएर व्यवस्थाविरोधीले योजनाबद्ध रुपमा प्रतिनिधसभा विघटन गराएको उनको भनाइ छ । 

‘संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएको भए पनि प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन गरिएको हो,’ उनले भने, ‘वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभा र  निष्क्रिय छ । त्यसैगरी,  राष्ट्रियसभा पनि स्थगित भएको छ। 


कस्तो लाग्यो ?

यो पनि