बैशाख १७, २०८१, सोमबार
               

ओलीको एजेण्डा प्रतिगमन गर्ने दरबारियाहरूको जस्तै : योगेश भट्टराई

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गर्ने दरबारियाहरूले बोकेका एजेण्डा बोकेर हिँडिरहेको आरोप लगाएका छन् ।

शनिबार मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा भएको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘संसद्लाई अर्थहीन थलोका रूपमा केपी ओलीले राख्न थाल्नु भएको छ, आन्तरिक लोकतन्त्रलाई उहाँले स्थापित गर्नु भएन, विचारको बहसलाई स्वीकार्नु भएन ।’

अब बन्ने पार्टीले सबै कुरालाई सम्बोधन गर्ने नेता भट्टराईले बताए । 

‘नेकपामा अब पूर्णरूपमा आन्तरिक लोकतन्त्र सुरक्षित हुनेछ । अब गाउँ-गाउँसम्म नेताकार्यकर्ता आफैं निर्माण हुनेछन्,’ उनले भने, ‘तर ओलीले बनाउने पार्टीमा कुनै लोकतन्त्र हुने छैन, हुल्लडबाज र गुन्डाले कब्जा गर्नेछन् ।’

उनले केपी ओली समूहले पार्टीको नाम लुटिरहेको आरोपसमेत लगाए । 


कस्तो लाग्यो ?

यो पनि