बैशाख १८, २०८१, मंगलबार
               

असंबैधानिक कदमले राजसंस्थाकाे अपरिहार्यता झनै सान्दर्भिक : डा लोहनी

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

महाेत्तरी । राष्ट्रिय प्रजातन्त्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई संस्थागत गरेको  आरोप लगाएका छन्  । उनले  वाइडबडी, ओम्नी, ललितानिवास, यती समूहलगायत विवादित विषयमा सरकारकाे प्रत्यक्ष सहभागिताकाे कारण मुलुक भ्रष्टचारमा डुबेकाे दाबी गरे । सरकारकाे भ्रष्टचारका कारण अर्थतन्त्र नै डामाडोल भएकाे उनकाे दाबी थियो ।

मुलुकको समृद्धिका निम्ति अर्थ र राजनीति दुवै सुरक्षित ढङ्गले अघि बढ्नुकाे सट्टा प्रम ओलीले मुलुकको अर्थतन्त्र धरापमा परेको कारण राजनीति सुरक्षित नरहेको उनकाे भनाइ थियो । महोत्तरीको जलेश्वरमा राप्रपा जिल्ला स्तरीय भेलालाई सम्बाेधन गर्दै लोहनीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री कार्यालयको रवरछापको रुपमा राष्ट्रपति कार्यालय रहँदा राष्ट्रपतीय व्यवस्थाबाट मुलुकले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको कारण संविधान भित्रको राजसंस्थाले नेपाली बीचको एकता, अस्तित्व र नेपालीहरूलाई संरक्षण गर्नसक्ने भएकाे हुँदा देशकाे लागि राजसंस्था अपरिहार्यता झनै सान्दर्भिकता देखिएकाे बताए । 


कस्तो लाग्यो ?

यो पनि