काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ ।
काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आमसभा गर्ने जानकारी दिए ।
प्रचण्ड-माधव समूहको आजको प्रदर्शनको जवाफ माघ २३ गतेको जनसभाले दिने ओलीले बताए ।
ओलीले भने, ‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो । आमसभा कस्तो हुन्छ भन्नेकुरा २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।’
यसैबीच, प्रचण्ड–माधव समूहले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् ।
उनले भने, ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’
संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।