बैशाख ०७, २०८१, शुक्रबार
               

राजपत्रको खोजी भएपछि छापेर फाइल गरियो : भट्टराई

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव समूह नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा कीर्ते काम भएको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले हतार–हतार पुरानो मितिमा राजपत्र छापेर ल्याएर फेरि फाइलमा राखिएको भन्दै  भट्टराईले सो आरोप लगाएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानको कुनैधारा उल्लेख नगरि विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरि अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’

बिहीबार सर्वोच्चमा बहसका क्रममा प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा छैन भनेर प्रश्न उठाएपछि न्यायाशीशले पनि त्यो सूचना शोधखोज गर्न थालेका थिए ।

 

यो पनि