जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डले मागे माफी

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहला-नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र वाचा पूरा नहुनमा आफू पनि दोषी रहेको बताउँदै आममाफी मागेका छन् । 

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रमलाई शुक्रबार संबोधन गर्ने क्रममा आफूले गरेका वाचा तीन वर्षसम्म पूरा नभएको भन्दै उनले माफी मागेका हुन् । 

‘वामगठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेका वाचा पूरा गर्न सकेनौँ,’ दाहालले भने, ‘त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने, तर कार्यान्वयन नगर्ने परिपारटीका कारण आफूहरुले जनतासँग गरेका वाचा पूरा गर्न नसकेको उनको भनाइ थियो । उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए ।

कुनै बेला एउटै जंगलमा दुई सिंह मिलेर बसेका छौँ भन्दा मसुमुसु मुस्कुराउने प्रचण्ड प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपश्चात् ओली विरुद्ध आन्दोलनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि