मंसिर ०७, २०८१, शुक्रबार
               

आक्रोश सरकारसँग, सास्ती जनतालाई
जनता हिँड्ने मूल सडक बन्द गरेर सरकारविरुद्ध प्रदर्शन

ADVERTISEMENT

नेपालीमा एउटा आहान छ ‘सौताको रिस पोइमाथि ।’ नेपालमा भएका विभिन्न आन्दोलनले शासकलाई कहिल्यै प्रभाव पारेन । र, पार्दैन भन्ने जान्दाजान्दै पनि आमनागरिकलाई अनाहकमा दुःख दइनेगरी गरिने काम भइरहेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, संसद पुनर्स्थापनाका लागि भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले गरेको प्रदर्शन । 

संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक शुक्रबार काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोधसभा गरेको हो । काठमाडौंको मूल सडक भद्रकाली–रत्नपार्कको मुख्य सडक नै बन्द गरेर सभा गर्‍यो।

अघिल्ला विरोधसभामा भृकुटीमण्डप प्रदर्शनी मार्गमा गरिए पनि यसपटक ५० दैनिक १० लाख सवारी साधन ओहोरदोहोर गर्नेस्थल अवरुद्ध गर्दै बाहिर मूल सडकमा मञ्च बनाइयो । विरोध सभाकै कारण जमल, रत्नपार्क, सहिदगेट, एनएसी जाने बाटो बन्द भएपछि ५० लाख जनसंंख्याको बसोबास रहेको काठमाडौं उपत्यकाको सवारी अवस्था अस्तव्यस्त भयो । यसको प्रभाव बालाजुदेखि, कोटेश्वर, चाबहिलदेखि कलङ्कीसम्म पर्‍यो । सडकमा सवारी अवरुद्ध कसैको रुचिको विषय बन्नसक्ने त कुरै भएन । जबर्जस्ती लादिएको अबोधको मार अन्ततः आमनागरिकले नै खेप्न बाध्य भए ।

आन्दोलन त सरकारको खबरदारीका लागि उसैलाई असहज गराउन हुनुपर्ने हो । तर, विडम्बना आन्दोलनकारीको मुढेबलको मारमा उल्टै आमनागरिक पिल्सिरहन बाध्य बने । समयावधिअगावै प्रतिनिधिसभा विघटन हुनु प्रतिगामी नै होला । राजनीतिक हिसाबमा यो जनताको हितमा नहोला, तर त्यसको विरोधस्वरूप आमनागरिकको जनजीवनमा असर गर्ने गरी सार्वजनिक बाटो अवरुद्ध गर्नु पक्कै राम्रो होइन । 

प्रदर्शनले सडक जाम भएपछि घण्टौँ सडकमा जाममा बस्न बाध्य आमनागरिक भन्दै थिए ‘शासकलाई तर्साउन आमनागरिकलाई सास्ती दिनु कुनै पनि कोणबाट जायज मान्न सकिँदैन ।’ 

दिनभर अस्तव्यस्त

शुक्रबारको आन्दोलनका कारण बिहानैदेखि उपत्यकाका सडक अस्तव्यस्त बनेका उपत्यका ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ट्राफिकलाई सवारी व्यवस्थापन गर्न हम्मे परेको प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए । 

उनले भने, ‘भृकुटीमण्डपमा नै मञ्च निर्माण भएको छ । त्यसलै त्यस क्षेत्रका सडकमा सवारी चल्ने अवस्था नै भएन । सर्वसाधारणलाई सहायक मार्ग प्रयोग गर्न अनुरोध गरिएको थियो । त्यसैले सहायक मार्गमा पनि सवारीसाधनको चाप बढी भएपछि घण्टौँ जाम भयो ।’ सडकमा साबिकभन्दा तेब्बर बढी ट्राफिक परिचालन गरिए पनि  सवारी व्यवस्थापनमा हम्मेहम्मे परेको उनले सुनाए ।

आन्दोलन कस्का लागि ?

विरोधको यस्तो शैलीका कारण प्रतिनिधिसभा विघटनविरुद्ध धारणा बनाउने नागरिकहरूकै मनस्थिति परिवर्तन हुनसक्ने समाजसास्त्रीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘आन्दोलन जनताका लागि भए जनताले कि सास्ती पाए ? शासकविरुद्धको भए शासकलाई कसरी दबाब मिल्यो ?’

आन्दोलनका नाममा आमनागरिकलाई दुख दिने काम भएमा आन्दोलनकारीकै लागि घातक हुने समाजसास्त्री मिना उप्रेतीको तर्क छ । समाजशास्त्र उप्रेती भन्छन्, ‘आन्दोलनको यो स्वरूप प्रतिनिधिसभा पुनर्स्थापना गर्न चाहने पक्षकै लागि घातक बन्न जान्छ । विवेक हुनेहरूले सडक बन्द, अवरोधको विकल्प खोज्दछ, संसद् पुनर्स्थापना पक्षधरले झनै जनताको चाहना नबुझ्ने रहेछन् भन्दै जनमानसमा राम्रो सन्देश जाँदैन ।’

बदलिँदो आधुनिक समाज प्रविधिको जमानामा विरोधका नयाँनयाँ तरिका अपनाउनुपर्ने समाजशास्त्र उप्रेतीको सुझाव छ । उनी भन्छिन्, ‘बदलिँदो आधुनिक समाजमा विरोधका नयाँनयाँ तरिका अपनाउँछन्, सरकारलाई दबाबमा पार्न रचनात्मक एवं सिर्जनात्मक विधिको अवलम्बन गरिन्छ । समय, प्रविधि र व्यवस्थाले जतिसुकै छलाङ मारेता पनि हाम्रो विडम्बना नै भन्नुपर्दछ, हामी जङ्गली चेतबाट कहिल्यै माथि उठ्न सकेनौँ, आन्दोलनको यही स्वरूपले आन्दोलनप्रति साथ र सहानुभूति राख्नेहरूले पनि साथ छाड्छन् ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि