बैशाख २७, २०८१, बिहीबार
               

देउवाले बोलाए बैठक, बागमतीमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ । 

आज (शुक्रबार) सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकमा मुख्यमन्त्री दिने समूहसँग मिल्नेबारे छलफल भएको हो ।

देउवाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बूढानीलकण्ठ बोलाएका छन् ।

बागमती प्रदेशमा आज नेकपाको प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दैछ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि रणनीति बनाउन बसेको कांग्रेस बैठकमा देउवाले मुख्यमन्त्री दिने समूहसँग मिल्नुपर्ने बताएका छन् । तर, यसबारेमा अन्तिम निर्णय भने भएको छैन ।

आज अपरान्ह १ बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

आज हुने प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव सभाको बैठकमा टेबल हुने कार्यक्रम छ ।

यो पनि