जेठ ०६, २०८१, आइतबार
               

प्रदेश १ मा हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमै सकियो ।

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौ । प्रदेश १ को हिउँदे अधिवेशन पहिलो बैठक स्थगित भएको छ ।  बुधबार तीन मिनेट मात्रै बसेर सो बैठक स्थगित भएको हो ।

बैठकमा  प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पत्र पढिसकेपछि मात्रै बैठक स्थगित भएको हो ।  सो पत्र वाचन गरेसँगै सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए । 

नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय लिएको थियो । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।


कस्तो लाग्यो ?

यो पनि