बैशाख २३, २०८१, आइतबार
               

व्यापार मामलामा चिनियाँ पडौसी जिम्मेवार देखिएन: मन्त्री भट्ट

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुराा बताएका हुन् ।

चीनको व्यवहारकै कारण उसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।त्यस्तै, उनले चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए ।

‘पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको छ,’ भन्त्री भट्टले भने, ‘कोभिड-१९को नाकामा हाम्रो सामान धेरै समय रोकियो, हामीले पहल पनि गर्‍यौं, यस्तो पाराले त चीनसँग हाम्रो व्यापार चल्दैन, पडौसी जिम्मेवार देखिएन ।’

यो पनि